यी हुन् नेशनल लाइफमा सबैभन्दा धेरै बीमा व्यवसाय गर्ने उत्कृष्ट अभिकर्ता, कसको कारोबार कति ?

४ पुष २०८१, बिहीबार १३:११

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरूले गत आर्थिक वर्षमा आक्रामक रूपले जीवन बीमा व्यवसाय गरेका छन् । कम्पनीका अभिकर्ताहरूको अथक प्रयासले लाखौँ मानिसको बीमा गरी जीवन रक्षावरण गर्न सफल भएका हुन् ।

कम्पनीमा देशैैभरीबाट सहभागीहरूलाई उछिन्दै व्यक्तिगत कोडमा बिमल न्यौपाने, शसीकला तामाङ र सर्मिला अर्याल पाण्डे उत्कृष्ट अभिकर्ता बन्न सफल भएका हुन् । यस अवधिमा उनीहरुले हजारौं नागरिकहरुको जीवन सुरक्षा गर्न सफल भएका छन् ।

नेशनल लाइफ इन्स्योरेन्समा आबद्ध भई बीमा व्यवसाय सञ्चालन गरिरहेका हजारौं अभिकर्तामध्ये बुटवल शाखा कार्यालयमा आवद्ध बिमल न्यौपानेले व्यक्तिगत कोडमा सबैलाई पछि पार्दै आर्थिक वर्ष २०८०।०८१ को नेपाल टप अभिकर्ता बन्न सफल भएका हुन् ।

न्यौपानेले यस आवमा आफ्नो व्यक्तिगत कोडबाट एक करोड ७६ लाख ९१ हजार रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएका छन् । यो सँगै उनी लगातार तीन वर्षसम्म नेपाल टप रहेका छन् । शान्त, शालिन र व्यवसायीक अभिकर्ताको रुपमा आफ्नो परिचय बनाउन सफल रहेका न्यौपानेले बुटवल लगायत देशका हजारौं मानिसको बीमा गरी उनीहरुको जीवन रक्षावरण गर्न सफल भएका छन् ।

साथै, दोस्रो स्थानमा काठमाडौंको नारायण चौर शाखाकी शशीकला तामाङ रहेकी छिन् । उनले यस वर्ष आफ्नो व्यक्तिगत कोडबाट एक करोड ४६ लाख ८८ हजार रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएकीछिन् । नेशनल लाइफ इन्स्योरेन्समा प्रवेश गरेको छोटो अवधिमा नै उनी सन २०२५ को टीओटी समेत बन्न सफल भएकीछिन् ।

कम्पनीमा अत्यन्तै मिहिनेती तथा मिलनसार अभिकर्ताको परिचय बनाएकी तामाङले काठमाडौं उपत्यकाका हजारौ नागरिकहरूको बीमा गरी जीवन रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गरेकी छिन् ।

साथै, तेस्रो स्थानमा मणिग्राम शाखा कार्यालयकी सर्मिला अर्याल पाण्डे रहेकी छिन् । उनले गत आर्थिक वर्षमा आफ्नो व्यक्तिगत कोड तर्फबाट एक करोड ३२ लाख ७३ हजार रुपैयाँको जीवन बीमा व्यवसाय गर्न सफल भएकी छिन् ।

अथक मिहिनेत, समय व्यवस्थापन र कडा परिश्रमका कारण आर्थिक वर्ष २०८०।०८१ मा अभिकर्ताहरूले करोडौंको बीमा व्यवसाय गरी ऐतिहासिक सफलता हासिल गरेका हुन् ।

साथै, सञ्चालतर्फ नेशनल लाइफ इन्स्योरेन्सको जनकपुर शाखा कार्यालयमा आवद्ध भई बीमा व्यवसाय गरिरहेका लक्ष्मण पण्डित प्रथम स्थान ओगट्न सफल भएका छन् । उनले आर्थिक वर्ष २०८०।८१ मा कुल चार करोड एक लाख २७ हजार रुपैयाँको व्यवसाय गरेका छन् ।

त्यस्तै, सञ्जालतर्फ दमक शाखा कार्यालयका टिका खरेल दोस्रो स्थानमा रहेका छन् । उनले यस वर्ष तीन करोड २७ लाख ८० हजार रुपैयाँको व्यवसाय गरेका छन् । यस वर्ष सञ्जालतर्फ दमक शाखा कार्यालयकै  युवराज दङ्गल तेस्रो स्थानमा रहेका छन् । उनले यस आवमा दुई करोड ८१ लख १६ हजार रुपैयाँको कारोबार गरेका छन् ।

नेशनल लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरुको कडा मिहिनेत र परिश्रमका उच्च कदर गर्दै विभिन्न कार्यक्रमको आयोजना गरी सम्मान गर्दै आएको छ । कम्पनीको उच्च स्तरीय व्यवस्थापकीय पक्ष र ब्रान्च म्यानेजरको अथाह साथ सहयोग कारण पनि अभिकर्ताहरुलाई व्यवसाय गर्न हौसल मिलेको अभिकर्ताहरुले धारणा व्यक्त गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*