मनाङमा ४.७ म्याग्निच्युडको भूकम्प
४ पुष २०८१, बिहीबार ११:०९
काठमाडौँ । मनाङमा आज बिहान भूकम्प गएको छ । मनाङको नेस्याङ केन्द्रविन्दु आसपास भूकम्प गएको हो ।
भूकम्प मापन तथा अनुसन्धान केन्द्रले आज बिहान ७ बजेर ३७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।
यसअघि बुधबार मात्रै बझाङ केन्द्रबिन्दु भएर ४।१ म्याग्नेच्युडको भूकम्प गएको थियो।