राष्ट्रिय स्वतन्त्र पार्टी डोटीको प्रथम जिल्ला भेला सम्पन्न, नयाँ जिल्ला समिति चयन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी डोटीको प्रथम जिल्ला भेला आज संस्थापक केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सांसद माननीय गणेश पराजुलिको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। भेलाले सर्वसम्मत निर्णय गर्दै नयाँ जिल्ला समितिको चयन गरेको हो।
भेलामा प्रमुख अतिथि पराजुलिले पार्टीको मूल उद्देश्य र संगठन विस्तारमा डोटी जिल्लाको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै नयाँ नेतृत्वले जिल्लामा प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरे। उनले संगठनले स्थानीय जनताको समस्या समाधानलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा जिल्लाभरका प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहेको थियो। भेलाले सर्वसम्मत निर्णयमार्फत निम्न व्यक्तिहरूलाई नयाँ जिल्ला समितिमा चयन गरेको छः
सभापतिमा केशब बलायर, उपसभापतिमा धन बहादुर बोहरा, सचिवमा केशव परियार, सहसचिवमा जानकी कुवंर (खड्का) र सदस्यहरूमा शारदा श्रेष्ठ, कविराम खत्रि, टेक बोगटी, सन्तोष भण्डारी, तेज किमाडि, मोहना साउद र कैलाश साउद चयन भएका छन्।
नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूले संगठनलाई थप मजबुत बनाउँदै डोटी जिल्लामा सकारात्मक परिवर्तन ल्याउन प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रमको समापनमा प्रमुख अतिथिसहित सहभागी सबैले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। पार्टीले डोटीमा जनताको अपेक्षा पूरा गर्दै संगठनलाई अझ प्रभावकारी बनाउने लक्ष्य रहेको बताएको छ।