लाभांश प्रस्तावसहित सर्वाेत्तम सिमेन्टले बोलायो साधारणसभा
४ पुष २०८१, बिहीबार १०:१३
काठमाडौं । सर्वात्तम सिमेन्ट लिमिटेडले शेयरधनीलाई चुक्ता पूँजीको कुल १० प्रतिशत लाभांश घोषणा गरेको छ।
कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिले शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो। हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६५ करोड रुपैयाँ छ।
घोषित लाभांश पारित गर्न कम्पनीले यही पुस २६ गते शुक्रबार वार्षिक साधारणसभा पनि बोलाएको छ। सभा रुपन्देहीको भैरहवास्थित होटल भिलासामा बिहान ११ बजेदेखि शुरू हुनेछ।
सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ पुस ११ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।