गणपति लघुवित्तद्वारा लाभांश नदिने निर्णय
४ पुष २०८१, बिहीबार १०:०३
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ।
कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
साथै बैठकले सोही बमोजिमको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने र कम्पनीको आगामी वार्षिक साधारणसभामा पारितका लागि पेश गर्ने निर्णय पनि गरेको छ।