कर्पाेरेट डेभलपमेन्ट बैंकले लाभांश नदिने
४ पुष २०८१, बिहीबार ०९:५७
काठमाडौं । कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडले शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ।
कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
साथै सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने र आगामी वार्षिक साधारणसभाबाट पारित गर्ने निर्णय पनि बैंकले गरेको छ।