लाभांश र एफपीओ प्रस्ताव सहित बुटवल पावर कम्पनीले बोलायो साधारणसभा

४ पुष २०८१, बिहीबार ०९:०३

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले यही पुस २८ गते आइतबार बत्तिसौं वार्षिक साधारणसभा बोलाएको छ।

कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो।

कम्पनीले गत आवको मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव सभामा पेश गर्नेछ। साथै गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ।

त्यसैगरी विद्युत उत्पादन अनुमतिपत्र हस्तान्तरण गर्ने, एफपीओ निष्कासन र सहयोग रकम अनुमोदन गर्ने लगायतका प्रस्ताव समावेश छन्।

सभा प्रयोजनार्थ कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने भएकाले पुस १७ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*