अमेरिकी डलरले आज पनि बनायो नयाँ रेकर्ड
४ पुष २०८१, बिहीबार ०७:४५
काठमाडौं । बिहीबार पनि अमेरिकी डलर नयाँ उचाईमा पुगेको छ। आज डलरको खरिदमूल्य १३५.६३ रुपैयाँ र बिक्रीमूल्य १३६.२३ रुपैयाँ पुगेको छ।
अघिल्लो दिन पनि नयाँ उचाई बनाउदै डलर १३५.५४ रुपैयाँमा खरिद र १३६.१४ रुपैयाँमा बिक्री भएको थियो। यसरी डलरको भाउ बढ्दै जाँदा नेपाली रुपैयाँ कमजोर बन्दै गइरहेको छ।
आज युरोको खरिददर १४२.४२ रुपैयाँ छ भने बिक्रीदर १४३.०५ रुपैयाँ छ। यता अष्ट्रेलियन डलरको खरिददर ८५.६३ रुपैयाँ छ भने बिक्रीदर ८६.०१ रुपैयाँ रहेको छ।