त्रिशूली जलविद्युतले बोलायो साधारणसभा
४ पुष २०८१, बिहीबार ०७:२९
काठमाडौं । त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले यही पुस २५ गते बिहीबार तह्रौं वार्षिक साधारणसभा बोलाएको छ।
कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैङ्क्वेटमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो।
सभाका लागि कम्पनीले लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन। गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्ष नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ।
सभा प्रयोजनार्थ यस कम्पनीले पुस १८ गते एक दिन बुक क्लोज गर्ने भएकाले पुस १७ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन सक्नेछन्।