ठूला चुनौतीहरूलाई जित्दै नेपाली बैंकिङ क्षेत्र आज सुरक्षित अवस्थामा छः गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपाली बैंकिङ क्षेत्रले ठूला चुनौतिहरूलाई जित्दै आज सुरक्षित रहेको बताएका छन् ।
बैंकर साथीहरूले सघाउनु भएको कारण नै आज हामीले बैंकिङ प्रणालीलाई सुरक्षित राख्न सकेका हौं, जस्तो सुकै अवस्थामा पनि बैंकिङ क्षेत्र रिजिलियन्ट बनेर बसेको कारण नै सुरक्षित भएको बैंकर्स संघको बार्षिक साधारणसभामा बताएका हुन् ।
कोरोनालगायत विश्वव्यापी समस्यामा पनि नेपाली बैंकिङ क्षेत्र खरो बनेर उभिएको कारण नै सम्भव रहेको समेत जिकिर गरे । पछिल्लो समय पुँजी राम्रो भए पनि निष्क्रिय कर्जा बढेको छ । तर, प्रोभिजनले बलियो बनाएको छ । प्रोभिजनले बैंकलाई बचाउँछ ।
ऋणको साँवा ब्याज उठेको छैन, हामी यो कठिन परिस्थितिमा बाँचेका छौं । तर, प्रोभिजनले आत्तिने स्थिति सिर्जना हुनबाट बचाएको छ ।
बैंकको लाभांश क्षमता राष्ट्र बैंकको कारणले होइन, बैंक आफ्नै कारणले दिन नसकेको हो । जो इफिसियन्ट छ उसले लाभांश बाँड्यो । प्रोभिजनका कारण लाभांश क्षमता घटेको होइन ।
कसैले २६ प्रतिशत, कसैले शून्य लाभांश बाँडे । हामीले गर्दा लाभांश घट्ने भए उसले पनि सक्दैनथ्यो । हिजो कर्जा बढाउँदा ध्यान पु¥याएको भए आज लाभांश बाँड्नै नसक्ने अवस्था आउँदैन थियो ।
नीति प्रेडिक्टेबल हुनुपर्छ । नीति फेरिन्छ एउटै रहँदैन । आवश्यकता आधारमा नीति फेरिन्छ । नीति अनुमानयोग्य छ कि छैन भन्ने कुराले महत्त्व राख्छ । सधै एउटै रेट रहन्छ भन्ने हुँदैन ।