बैंकर्स संघको नयाँ कार्य समिति चयन, सन्तोष कोइराला नेतृत्वमा यस्तो बन्यो टिम
काठमाडौं। नेपाल बैंकर्स संघको अध्यक्षमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सन्तोष कोइराला निर्विरोध निर्वाचित भएका छन् । कोइराला यस अघि संघको उपाध्यक्ष थिए। आज काठमाडौंमा संघको वार्षिक साधारणसभाले सिईओ सन्तोष कोइरालालाई आगामी दुई वर्षका लागि अध्यक्षमा चयन गरेको हो ।
संघको उपाध्यक्ष पदमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित भएका छन् । संघको कार्यसमितिका तीन जना सदस्यहरुमा एभरेष्ट बैंक लिमिटेड सीईओ सुदेश खालिङ, कुमारी बैंक सीईओ राम चन्द्र खनाल, नेपाल बैंकका सीईओ तिलकराज पाण्डेय निर्विरोध निर्वाचित भएका छन् ।
साधारण सभाको निर्णय पश्चात् संघको कार्यकारिणी समितिका उपाध्यक्ष प्रभु बैंकका सिईओ अशोक शेयरचन, सदस्यहरुमा सानिमा बैंकका सीईओ निश्चलराज पाण्डे, प्राइम कमर्सियल बैंकका सीईओ सञ्जिब मानन्धर र सिद्धार्थ बैंकका सीईओ सुन्दर प्रसाद कँडेल चयन भएका छन् ।
निवर्तमान अध्यक्ष सुनिल केसी कार्यसमितिको पदेन सदस्यको रुपमा रहने छन् भने सल्लाहकारमा नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगाना र हिमालयन बैंकका सिईओ अशोक राणा रहेका छन्।