बैंकर्स संघबाट बिदा हुँदै अध्यक्ष सुनिल केसीले भने, ‘नेपाली बैंकिङ क्षेत्र दक्षिण एसियाकै उत्कृष्ट छ’

३ पुष २०८१, बुधबार १७:३२

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले नेपालको बैंकिङ क्षेत्र दक्षिण एसियाकै उथ्कृष्ट रहेको दावी गरेका छन् ।

बैंकर्स संघको अध्यक्षबाट आजदेखि बिदा हुँदै अध्यक्ष तथा एनएमबी बैंकका सिइओ केसीले नेपाली बैंकिङ क्षेत्रले ठूलो चुनौतिका बीचबाट अघि बढेपनि दक्षिण एसियाका अन्य देशहरूको भन्दा उत्कृष्ट रहेको बताएका हुन् ।

नेपाल बैंकर्स संघको नयाँ नेतृत्व माछापुच्छ्रे बैंकका सिइओ सन्तोष कोइरालालाई हस्तान्तरण गर्दै केसीले नेपाली बैंकिङ क्षेत्रमा कर्मचारी जोगाउने चुनौतिदेखि तरलता समस्या र राजनीतिक अस्थिरता जस्ता चुनौतिहरूलाई चिरेर अघि बढ्नुपर्ने बताए ।

सीईओ केसिले बैंकिङ्ग सेक्टर भइरहेको धरकपट पनि बैंकहरु संकटमा परेका तर्क राखे । बैंकिङ क्षेत्र नै रिक्स तिर गइरहेको अबस्था छ ‌ । तरलता बढ्दै गएको छ । खराब कर्जा समेत उच्च रहेको अबस्था छ । समस्याबाट सझक हुनु पर्ने अबस्था रहेको छु केसिले भने, पछिल्लो समय बैंकिङ क्षेत्रमा कर्मचारी समेत छोड्दै जाने गरेको छ । कर्मचारी विदेश पलायन हुने गरेको छ । जसले गर्दा बैक झनै समस्या आइपरेको छ ।

उनले सरकारले बैंकिङ क्षेत्रलाई प्रोत्साहित गर्न काम नगरेको उनले बताए । सरकारले प्रोत्साहन हुन सकेको छैन । जसले समस्या बैंक थप धरापमा परिरहेको छ, उनले भने।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*