गार्डियन माइक्रो लाइफको आइपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योेरेन्सले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा आवेदन दिने अन्तिम दिन सम्म २५ करोड ८३ लाख ४४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
सीडीएसका अनुसार आज (पुष ३ गते) बेलुका ५ बजेसम्म ४७ हजार ६५९ जनाले २५ लाख ८३ हजार ४४० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले मंसिर १९ गतेदेखि २ लाख २५ हजार कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री खुला गरेको हो । न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ । यो आइपीओमा कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
रेटिङ एजेन्सी केयर नेपालले इन्सुरेन्सको आइपीओलाई ‘केयरएनपी बीबी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यस आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।