राधी जलविद्युत कम्पनीको शेयर मूल्य समायोजन
३ पुष २०८१, बुधबार १६:४९
बुधवार नेप्सेमा राधी जलविद्युत कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले कम्पनीको ४ दशमलव ७५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयर मूल्य रू। ३६४ दशमलव ८७ कायम भएको छ ।
नेप्सेले बुधवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।
बुधवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य रू।३८२ दशमलव २० मा अन्तिम कारोबार भएको थियो ।
यही समायोजित मूल्यलाई आधार मानेर यी कम्पनीको शेयर भोलि बिहीवार देखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।