बझाङमा फेरि ४.१ म्याग्निच्युडको भूकम्प
३ पुष २०८१, बुधबार १५:२८
काठमाडौँ । बझाङ जिल्लामा बुधबार दिउँसो ४.१ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, भूकम्पको केन्द्र बझाङको धमेना आसपासमा थियो र स्थानीय समय अनुसार ३ बजेर २ मिनेटमा यो भूकम्प महसुस गरिएको हो।
यो भूकम्प बझाङ र आसपासका जिल्लामा प्रकट भएको बताइएको छ। गत मंगलबार पनि धमेना क्षेत्रमा ४.३ म्याग्निच्युडको भूकम्प आएको थियो।