मन्द शेयर बजारः लगानीकर्ताको मनोबल कमजोर हुँदा खुम्चिदै कारोबार, नियामकको साथको खोजि हो ?

३ पुष २०८१, बुधबार १५:०४

काठमाडौँ । पछिल्लो केही हप्तादेखि नेपालका शेयर बजारमा मन्दी देखिन थालेको छ । बजार निरन्तर गिरावटको यात्रा गर्दै जाँदा पुँजी बजारका लगानीकर्ताहरू निराश बनेका छन् । यसले लगानीकर्ताको मनोबल थप कमजोर बनाएको छ, जसको परिणामस्वरूप शेयर बजार अझै उठ्न सकिरहेको छैन ।

शेयर बजारमा पछिल्लो समय सरकार परिवर्तनको हल्ला, नेपाल धितोपत्र बोर्डको ठूला लगानीकर्ताको कारोबारको विवरण माग्ने कदम र नीति कडा बनाउने नियामकको संकेतका बारेमा हल्लाहरू चलिरहेका छन् । यी सबै घटनाहरूले बजारमा प्रत्यक्ष असर पु¥याइरहेका छन् ।

नियामक निकायका आश्वासनहरूको बावजूद बजारमा कुनै विशेष सुधार देखिदैन । नियामकले शेयर बजारप्रति सकारात्मक दृष्टिकोण राखेको भनाइहरू बीच पनि बजार सुस्त हुँदै गएको छ । लगानीकर्ताहरू अहिले नियामकको स्पष्ट र सशक्त कदमको खोजीमा छन् । जानकारहरूको भनाइअनुसार, नीतिगत सुधारहरू बिना बजारले स्थिरता र प्रगति हासिल गर्न सक्दैन ।

बैंकका ब्याज दरहरू घटिरहेका छन्, तर कर्जाको माग अझै पनि बढ्न सकेको छैन । लगानीकर्ताको मनोबल कमजोर रहेको र बजारमा विश्वासको कमीले गर्दा शेयर बजारमा अझै सुधारको संकेत देखिएको छैन ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.६० अकंले घटेर २६२८.२६ बिन्दुमा कायम भएको छ । आज ३१४ कम्पनीको ८१ लाख ४७ हजार ३२० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २७ करोडको शेयर कारोबार भएको छ ।

आज १० उपसूचक राताम्य भएका छन् । यसदिन बैंकिङ समूहको ०.३६ प्रतिशत, विकास बैंक समूहको ०.१६ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.४२ प्रतिशतले शेयर मूल्य घटेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*