अनुसन्धानमा रुचि राख्नेका लागि नीति अनुसन्धान प्रतिष्ठानमा रोजगारीको अवसर
काठमाडौँ । नीति अनुसन्धान प्रतिष्ठानले विभिन्न पदमा दरखास्त दिने म्याद थप गरेको छ। प्रतिष्ठानले करार सेवामा वरिष्ठ अनुसन्धानकर्ता, अनुसन्धानकर्ता, सह-अनुसन्धानकर्ता, र विश्लेषक पदका लागि खुला प्रतियोगितात्मक प्रक्रियाद्वारा पदपूर्तिको प्रक्रिया अगाडि बढाएको हो।
आवेदन दिने समयसीमा २०८१ पुस ८ सम्म तोकिएको छ भने दोब्बर दस्तुर तिरेर २०८१ पुस ११ सम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
प्रतिष्ठानले वरिष्ठ अनुसन्धानकर्ता १, अनुसन्धानकर्ता ५, सह–अनुसन्धानकर्ता ३ र विश्लेषक १ पदका लागि योग्य इच्छुक र स्व–प्रेरित व्यक्तिहरूलाई आवेदन दिन आह्वान गरेको छ। सम्बन्धित पदहरूको फाराम, छनोट प्रक्रिया र कार्यविवरण प्रतिष्ठानको वेबसाइट https://pri.gov.np/ne/notice-information/ मा उपलब्ध गराइएको छ।
नीति अनुसन्धान प्रतिष्ठानले अनुसन्धानमा रुचि राख्नेहरूका लागि यो अवसर उपलब्ध गराएको भन्दै योग्य व्यक्तिहरूलाई समयमै आवेदन दिन आग्रह गरेको छ।