एनएमबि बैंक र यूएसएआईडीले गर्यो पोखरामा डिजिटल वित्तीय साक्षरता कार्यक्रम

३ पुष २०८१, बुधबार १२:४६

काठमाडौं । एनएमबि बैंक लिमिटेडले अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डभलपमेन्ट (यूएसएआईडी) सँगको सहकार्यमा पोखरामा डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।

बैंकले साना तथा मझौला उद्यम तथा लघु साना तथा मझौला उद्यमहरू वृद्धि गर्ने उद्देश्यलयो कार्यक्रमको आयोजना गरेको बताएको छ।

यो कार्यक्रम एनएमबि क्युआर लोनको जानकारी र पर्यटन उद्यमीहरूलाई डिजिटल भुक्तानी प्रणालीको निर्णायक भूमिका र व्यवसायको वृद्धि र दिगोपन बढाउन उपलब्ध विभिन्न सेवा र मार्केटिङ प्रविधिबारे जानकारी गराउनमा केन्द्रित रहेको बैंकले बताएको छ।

सो कार्यक्रममा विभिन्न उद्योगहरूबाट ८० जनाभन्दा बढी उद्यमीहरू सहभागी भएका थिए। आगामी दिनमा बैंकले अन्य प्रदेशमा पनि यस्तै चेतनामूलक कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाएको छ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*