नेष्डो समृद्ध लघुवित्तको लाभांश घोषणा
३ पुष २०८१, बुधबार १०:१२
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १५ प्रतिशत लाभांश घोषणा गरेको छ।
घोषित लाभांशमध्ये १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ। हाल कम्पनीको चुक्ता पूँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ।
घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ।