ग्रीन डेभलपमेन्ट बैंकको लाभांश प्रस्ताव
३ पुष २०८१, बुधबार १०:०५
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ।
बैंकले हाल कायम चुक्ता पूँजीको आधारमा ५.७५ प्रतिशत बोनस शेयर र ०.३०२७ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ६.०५२७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। यो निर्णय बैंकको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् शेयरधनीमा वितरण हुनेछ।