अमेरिकी डलर नयाँ उचाईमा, नेरु कमजोर बन्दै
३ पुष २०८१, बुधबार ०८:३३
काठमाडौं । बुधबार पुनः अमेरिकी डलरको नयाँ उचाई कायम गरेको छ। अघिल्ला दिनको रेकर्ड तोड्दै यस दिन अमेरिकी डलरको बिक्रीमूल्य १३६.१४ रुपैयाँ र खरिदमूल्य १३५.५४ रुपैयाँ पुगेको हो।
मंगलबार अमरिकी डलरको बिक्रीमूल्य १३६.०९ रुपैयाँ र बिक्रीमूल्य १३५.४९ रुपैयाँ रहेको थियो। यसरी डलरको भाउ बढ्दै जाँदा नेपाली रुपैयाँ कमजोर बनेको छ।
आज अष्ट्रेलियन डलरको खरिदमूल्य ८५.९७ रुपैयाँ र बिक्रीमूल्य ८६.३५ रुपैयाँ रहेको छ भने एक युरोको खरिदमूल्य १४२.१७ रुपैयाँ र बिक्रीमूल्य १४२.८० रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।