तेह्रथुम पावर कम्पनीले बोलायो साधारणसभा
३ पुष २०८१, बुधबार ०८:४०
काठमाडौं । तेह्रथुम पावर कम्पनीले यही पुस २६ गते सातौं वार्षिक साधारणसभा बोलाएको छ।
कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको मैतीदेवीस्थित वैभव पार्टी भेन्यूमा साढे १२ बजेदेखि सभा बस्ने निर्णय गरेको हो।
कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन। सभामा गत आवको वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरण पारित गरिनुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याइनेछ।
साधारणसभा प्रयोजनार्थ यस कम्पनीले पुस १६ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको आधारमा पुस १४ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन सक्नेछन्।