राप्ति हाइड्रो एण्ड जनरल कन्सट्रक्सनको साधारणसभा पुस २८ गते

३ पुष २०८१, बुधबार ०८:३०

काठमाडौं । राप्ति हाइड्रो एण्ड जनरल कन्सट्रक्सन लिमिटेडले यही पुस २८ गते वार्षिक साधारणसभा बोलाएको छ।

कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुरको चापागाउँस्थित वेलकम पार्टी प्यालेसमा दिउँसो २ बजेदेखि सभा बस्ने निर्णय गरेको हो।

सभामा गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्ष नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ।

यस कम्पनीले ३ जना सञ्चालकको नियुक्ति गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सभाका लागि तय गरेको छ भने लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन।

सभा प्रयोजनार्थ यस कम्पनीले पुस १० गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको आधारमा पुस ९ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*