कुमारी र सांग्रिला विकास बैंकको शेयर बिक्रीमा
काठमाडौैं । कुमारी बैंक लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेका छन्। बैंकहरूले आफ्ना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको शेयर बैंककै अन्य संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेका हुन्।
कुमारी बैंक
यस बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको २० हजार १०८ कित्ता शेयर बिक्रीमा राखेको हो। यो शेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र निवेदन दिनु पर्नेछ।
निवेदन बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल, नक्साल वा बैंकको प्रधान कार्यालय टंगालमा दिनु पर्नेछ। साथै यो शेयरको बिक्रीमूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ।
सांग्रिला विकास बैंक
यस बैंकले जम्मा ४३ हजार १२६ कित्ता शेयर बिक्रीमा राखेको हो। जसमध्ये १५ हजार २०७ कित्ता शेयर रामहरि के.सी., ३ हजार ६७ कित्ता शेयर जीवन ज्याति श्रेष्ठ र २४ हजार ८५२ कित्ता शेयर नारायण बहादुर गुरुङको स्वामित्वमा रहेको छ।
यो शेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र आफूले किन्न चाहेको शेयर विवरण खुलाई बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा निवेदन दिनु पर्नेछ।
साथै यी शेयरहरू खरिदका लागि ३५ दिनभित्र संस्थापक शेयरधनीबाट पर्याप्त आवेदन नपरेमा सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले बताएका छन्।