काठमाडौँ । ‘निरन्तर सहयात्रा’ स्लोगन बोकेर अघि बढिरहेको लुम्बिनी विकास बैंकले कर्जा असुलीको नाममा करोडौंको सम्पत्ति कौडीको भाउमा लिलाम गरेको छ । बैंकको स्लोगनले सहयात्रा र सहयोगको सन्देश दिन्छ । तर, बैंकको ग्राहक सहजिकरणभन्दा पनि सम्पत्तिमा आँखा गाढेर बसेको तथ्य बाहिर आएको छ । ग्राहकको कमजोर अवस्था फाइदा उठाउँदै बैंकले ४३ लाख असुलिको नाममा विरगञ्ज ११ रानीघाटकी बबिता सर्राफको करिब एक करोड ५० लाख पर्ने घरजग्गा सस्तो मूल्यमा लिलाम गरेको हो । तीन वर्षअघि बबिताका श्रीमानले सुन पसल सञ्चालन गर्न भन्दै लुम्बिनी विकास बैंकको पोखरिया शाखाबाट ३७ लाख रुपैयाँ ऋण लिएका थिए । ऋण लिदा रानिघाट ११ स्थित १० धुर जग्गा, त्यसमा बनेको घर र पोखरिया नगरपालिकामा रहेको ४ कट्ठा जग्गा धितो राखेका थिए । तीन वर्षको सावाँ र ब्याज बढेर ४३ लाख ७ हजार पुगेको थियो । सांवा र ब्याज नतिरेपछि बैंकले गत साउन अन्तिममा उक्त घरजग्गा लिलाम गरेको हो । बैंकले यसअघि ५३ लाख रुपैयाँमा मूल्यांकन गरेको घरजग्गा अहिले ५८ लाख पुनर्मूल्यांकन गरेको छ । तर रानिघाटको जमिन अहिले धुरकै १२ लाख रुपैयाँ पर्छ । यो हिसाबले मात्र गर्ने हो भने जग्गाको एक करोड २० लाख पर्छ । यता, पोखरियाको चार कट्ठा जग्गा र घर जोड्दा उक्त सम्पत्ति एक करोड ५० लाखसम्म पर्छ । तर, बैंकले कौडिको भाउमा … Continue reading लुम्बिनी विकासको अमानविय हर्कतः ४३ लाख असुलीमा साढे १ करोडको सम्पत्ति झ्वाम, आत्माहत्याको बाटोमा ग्राहक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed