सपोर्ट माइक्रोफाइनान्समा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ता भए मालामाल
२ पुष २०८१, मंगलवार १५:१३
काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात मंगलबार शेयर बजारमा सपोर्ट माइक्रोफाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको मुल्य आज प्रतिकित्ता २५० रुपैयाँले बृद्धि भएको छ ।
साथै, मंगलबार कारोबार भएका कुल ११७ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । जसमा जानकी फाइनान्सको ९.८५ प्रतिशत, दोल्ती पावरको ९.०९ प्रतिशत, गुराँस लघुवित्तको .४२ प्रतिशत, नारायणी डेभलपमेन्टको ६.९ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।