फाइनान्स र हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी हुन् सर्वाधिक कारोबार गर्ने १० कम्पनी

२ पुष २०८१, मंगलवार १५:०६

काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात मंगलबार शेयर बजारमा जानकी फाइनान्स र नेपाल फाइनान्सको सबैभन्दा बढी कारोबार भएको छ ।

मंगलबार जानकी फाइनान्सको २२ करोड २४ लाख रुपैयाँ र नेपाल फाइनान्सको १५ करोड आठ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ । त्यस्तै, रिभरफल्स पावरको १२ करोड ४५ लाख रुपैयाँ, बेष्ट फाइनान्सको १० करोड चार लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।

साथै, आज दोल्ती पावरको नौ करोड ५७ लाख रुपैयाँ, नारायणी डेभलपमेन्ट बैंकको नौ करोड २२ लाख रुपैयाँ र एनआरएन इन्फ्रास्टक्चरको आठ करोड ९५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*