हल्लै हल्लाले सुस्ताएको शेयर बजारः नेप्सेमा झिनो सुधार हुँदा कारोबार भने खुम्चियो, के होला यात्रा ?
काठमाडौँ । बजार हल्लाले शेयर बजारलाई प्रभावित गर्दै आएको छ । हालै, नेपाल धितोपत्र बोर्डले ठुला लगानीकर्ताको कारोबारको डाटा मागेको भन्ने खबरले शेयर बजारमा दिनभर उतार–चढाव ल्याएको छ । यसले बजारमा विभिन्न अढकलबाजी र चर्चालाई जन्म दियो, जसले गर्दा लगानीकर्ताहरूमा बजार घट्ने सम्भावनाबारे शंका उत्पन्न भएको छ । बजारमा भइरहेका हल्लाले शेयर बजारको वातावरणमा अनिश्चितता ल्याएको छ र यसले लगानीकर्तामा डर र चिन्ता सिर्जना गरेको छ । तर, बोर्डले भने यस्तो काम नगरेको दाबी गरेको छ ।
राजनीतिक अस्थिरता र सरकार परिवर्तनको चर्चा शेयर बजारमा नकारात्मक प्रभाव पार्दैछ । नेपालमा सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमाले बीचको सम्बन्धमा खटपट भएको खबर बाहिरिएपछि शेयर बजारमा अन्योल उत्पन्न भएको छ ।
बैंकको ब्याजदर निरन्तर घट्दो क्रममा रहेको छ । यता अर्थतन्त्रका सबै सूचक समेत सकारात्मक बन्दै गएको छन् । नियामक पनि शेयर बजारप्रति सकारात्मक नै हुँदा पनि बजारले गति लिन सकेको छैन ।
लामो समयको राताम्य यात्रापछि आज बजार झिनो अकंले बढेको छ । नेप्से २.९५ अकंले बढेर २६३३.८७ बिन्दुमा कायम भएको छ । आज३१८ कम्पनीको ८९ लाख ३९ हजार कित्ताशेयर किनबेच हुँदा ४ अर्ब ३४ करोड रुपैयाँको कारोबार भएकोछ ।
आज ८ उपसूचकमा हरियाली देखिएको छ । बैंकिङ समूहको ०.१७ प्रतिशत, फाइनान्स समूहको ०.८७ प्रतिश, होटल तथा पर्यटन समूहको ०.१८ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज ११७ कम्पनीको शेयर मूल्य बढ्दा ११७ वटै कम्पनीको घटेको छ ।