माथिल्लो तामाकोशीको उत्पादन बन्द हुँदा औद्योगिक क्षेत्रमा विद्युत् कटौती हुने
२ पुष २०८१, मंगलवार १२:५३
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका अनुसार, हिउँदयामको पिक समयमा विद्युत् आपूर्ति व्यवस्थापनमा समस्या उत्पन्न भएको छ। माथिल्लो तामाकोशी जलविद्युत् आयोजना बन्द हुँदा औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्नुपर्ने अवस्था आएको छ।
हिउँदयाम सुरु भएसँगै, देशभित्रका नदी प्रवाही जलविद्युत् आयोजना मध्येको उत्पादन एक तिहाइ घट्नेछ र पिक समयमा भारतबाट विद्युत् आयात गर्न नपाउने भएपछि प्राधिकरणले औद्योगिक क्षेत्रमा बिजुली कटौती गर्ने निर्णय लिएको हो।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार, सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजना बन्द हुँदा हिउँदयामको पिक समयमा विद्युत् व्यवस्थापनमा समस्या आइपरेको छ।