प्राविधिक कारणले सांग्रिला डेभलपमेन्ट बैंकको सेवा समय अस्थायी रूपमा परिवर्तन
२ पुष २०८१, मंगलवार ११:३८
काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले प्राविधिक कारणले केही दिनका लागि आफ्नो ग्राहक सेवा केन्द्रको समय परिवर्तन गरेको छ। बैंकले २०८१ पुष २ गतेदेखि ८ गतेसम्म बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म मात्र सेवा उपलब्ध हुने जानकारी दिएको छ।
बैंकले अस्थायी रूपमा समय परिवर्तन गर्नुपरेको भन्दै ग्राहकहरूमा पर्न सक्ने असुविधाप्रति क्षमायाचना गरेको छ। बैंकका अनुसार पुष ८ गतेपछि नियमित सेवा समय पुनः लागू हुनेछ।
सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो ग्राहकवर्गलाई प्रभावकारी सेवा दिनका लागि उपलब्ध सम्पर्क माध्यमहरू प्रयोग गर्न अनुरोध गरेको छ।