राष्ट्रिय जीवन बीमा कम्पनीमा वैदेशिक रोजगार बीमा सुरु, बीमितलाई दावी भुक्तानी लिन आग्रह

२ पुष २०८१, मंगलवार ११:०३

काठमाडौँ । नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले वैदेशिक रोजगारमा जाने कामदारको लागि वैदेशिक रोजगार बीमा सुरु गरेको छ ।

इसेवा मार्फत आफ्नो पासपोर्ट नम्बर राखेर बीमा गर्न सकिने व्यवस्था मिलाएको कम्पनीले जनाएको छ । साथै बैदेशिक रोजगारमा पठाउने म्यानपावर कम्पनीहरुले पनि इसेवाबाट सम्बन्धित कामदारको लागि बीमा गर्न सकिने व्यवस्था छ ।

राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका सम्पूर्ण बीमितहरुलाई केवाइसी सम्बन्धि विवरण अध्यावधिक गर्न र बीमालेखको बीमा अवधि परिपक्क भएका बीमितहरुले दाबी भुक्तानी लिन कम्पनीको प्रधान तथा नजिकैको शाखा कार्यालयमा सम्पर्क समेत कम्पनीले आग्रह गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*