दुई कम्पनीको साधारणसभा आज बस्दै

२ पुष २०८१, मंगलवार ०९:२५

काठमाडौं । आज पुस २ गते नेप्सेमा सूचीकृत दुईवटा हाइड्रोपावर कम्पनीको वार्षिक साधारणसभा बस्दैछ। यस दिन एशियन हाइड्रोपावर लिमिटेड र सामलिङ्ग पावर कम्पनी लिमिटेडको साधारणसभा बस्न लागेको हो।

एशियन हाइड्रोपावर
यस कम्पनीको छैठौं वार्षिक साधारणसभा सभा ललितपुरको चाकुपाटस्थित द ईन्ट्रान्स क्याफेमा दिउँसो साढे १२ बजेदेखि शुरू हुनेछ।

कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन। सभाका लागि गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव तय गरिएका छन्।

साधारणसभा प्रयोजनार्थ कम्पनीले मंसिर १९ गते बुक क्लोज गरिसकेकाले मंसिर १८ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन सक्नेछन्।

सामलिङ्ग पावर
यस कम्पनीको छैठौं वार्षिक साधारणसभा ललितपुरको चाकुपाटस्थित द ईन्ट्रान्स क्याफेमा बिहान साढे १० बजेदेखि शुरू हुनेछ।

कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन। सभामा गत आर्थिक वर्षको वार्षिक लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश गरिनेछ।

सभा प्रयोजनार्थ कम्पनीले मंसिर १९ गते एक दिन बुक क्लोज गरिसकेकाले मंसिर १८ गतेसम्म कायम शेयरधनी सभामा भाग सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*