डलरको मूल्य हालसम्मकै उच्च

२ पुष २०८१, मंगलवार ०७:४१

काठमाडौं । पछिल्लो समय अमेरिकी डलरले निरन्तर नयाँ रेकर्ड कायम गरिरहको छ। यसैबीच आज पुस २ गते पुनः डलरले नयाँ उचाई कायम गरेको छ।

यस दिन एक अमेरिकी डलरको बिक्रीदर १३६.०९ रुपैयाँ र खरिददर १३५.४९ रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च हो। यसअघि शुक्रबार डलरको बिक्रीमूल्य १३६.०८ पैसा रेकर्ड भएको थियो।

त्यसैगरी यस दिन कुवेती दिनारको खरिदमूल्य ४४०.२० रुपैयाँ र बिक्रीमूल्य ४४२.१५ रुपैयाँ छ भने अष्ट्रेलियन डलरको खरिदमूल्य ८६.०८ रुपैयाँ र बिक्रीमूल्य ८६.४६ रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*