मर्जर प्रस्ताव सहित निर्धन उत्थान लघुवित्तले बोलायो साधारणसभा

२ पुष २०८१, मंगलवार ०८:५९

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले छब्बिसौं वार्षिक साधारणसभा पुस २६ गते शुक्रबार बोलाएको छ। कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले नक्सालस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा बिहान १० बजेदेखि सभा बस्ने निर्णय गरेको हो।

कम्पनीले यसअघि नै यो वर्ष लाभांश वितरण नगर्ने निर्णय गरिसकेको छ। कम्पनीले अन्य लघुवित्त संस्थासँग मर्जरमा जान उपयुक्त देखेमा सो सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सभामा पेश गर्नेछ।

यसका साथै गत आवको वित्तीय विवरण पारित गर्ने, चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।

सभा प्रयोजनार्थ कम्पनीले पुस १२ गते एक दिन बुक क्लोज गर्ने भएकाले पुस ११ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*