ठूलो खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
२ पुष २०८१, मंगलवार ०८:३३
काठमाडौं । ठूलो खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। यसका लागि कम्पनीले पुस २३ गते कालीमाटी व्यैङ्केटमा बिहान ९ बजेदेखि सभा बोलाएको छ। कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो।
सभामा आईपीओ निष्कासन गर्न सम्पूर्ण कार्य अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश गर्नेछ। यसका साथै गत आवको वित्तीय विवरण पारित गर्ने, चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश गर्नेछ।
त्यसैगरी सञ्चालक समितिको निर्णय अनुमोदन गर्ने, १ जना सञ्चालकको निर्वाचन गर्ने, सञ्चालक समितिको बैठक भत्ता तोक्ने लगायतका प्रस्ताव पनि सभाका लागि तय गरिएको छ।