लाभांश पारित गर्न एचआईडीसीएलले बोलायो साधारणसभा

२ पुष २०८१, मंगलवार ०८:२३

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी एन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले तेह्रौं वार्षिक साधारणसभा पुस २४ गते बुधबार बोलाएको छ। कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले बबरमहलस्थित कार्की ब्याङ्केटमा बिहान १० बजे सभा बोलाएको हो।

सभामा चुक्ता पूँजीको ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिनेछ। साथै गत आवको वित्तीय विवरणहरू पारित गर्ने, चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, एक जना सञ्चालकको निर्वाचन गर्ने र खर्च अनुमोदन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।

सभा प्रयोजनार्थ कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने जनाएको छ। यसर्थ पुस ११ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*