सिटिजन लाइफको व्यतित बीमालेख नवीकरणमा छुट
२ पुष २०८१, मंगलवार ०८:१२
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट दिने निर्णय गरेको छ।
कम्पनीले आज पुस २ गतेदेखि पुस २५ गतेसम्म व्यतित बीमालेख नवीकरण गराउँदा विलम्ब शुल्कमा छुट दिने जनाएको छ। कम्पनीले बीमितलाई छुट अवसरको फाइदा उठाउँदै बीमालेख नवीकरण गर्न समेत आग्रह गरेको छ।
साथै यस्तो छुट सुविधा बीमा अवधिभर एकपटक मात्र पाइँने र यो सुविधामार्फत् नवीकरण गरिएका बीमालेख २ वर्षभित्र समर्पण भएमा छुट बापतको सुविधा कट्टा गरिने कम्पनीले जनाएको छ।