शाइन रेसुङ्गा बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (पुस २ गते) अन्तिम दिन रहेको छ।
सोह्रौं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भोलि (पुस ३ गते) बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरू मात्रै बैंकको साधारणसभामा भाग लिन र लाभांश प्राप्न गर्न सक्नेछन्।
बैंकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा ३ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश पारित गर्न बैंकले पुस १९ गते शुक्रबार रुपन्देहीको मणिग्रामस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटलमा बिहान ११ बजेदेखि सभा बोलाएको छ।
सभामा गत आवको वित्तीय विवरणहरू पारित गर्ने, चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पेश गरिनेछ।
त्यसैगरी अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाका लागि तय गरिएको छ।