माउन्टेन इनर्जीले बोलायो साधारणसभा, लाभांश र हकप्रद प्रस्ताव

२ पुष २०८१, मंगलवार ०७:०२

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले एघारौं वार्षिक साधारणसभा पुस २८ गते आइतबार बोलाएको छ। कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेट क्याटेरिङ्ग एण्ड इभन्ट्समा बिहान १० बजे सभा बस्ने निर्णय गरेको हो।

सभामा हाल कायम चुक्ता पूँजीको आधारमा १५ प्रतिशत बोनस शेयर र ०.७८९५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पेश हुनेछ। साथै बोनस शेयर वितरणपछि हुने चुक्ता पूँजीको १ः०.५० अनुपातमा १ करोड ३० लाख १३ हजार ५७८.५४ कित्ता हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।

यसका साथै गत आवको वित्तीय विवरणहरू पारित गर्ने, चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, एक महिला सञ्चालक निर्वाचन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।

सभा प्रयोजनार्थ कम्पनीले पुस ११ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ। यसका आधारमा पुस ९ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*