मल्टीपर्पस फाइनान्सले बोलायो साधारणसभा
काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले २७ औं वार्षिक साधारणसभा पुस २८ गते बोलाएको छ। कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले सप्तरीको राजविराजस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो।
यस कम्पनीले गत आवको मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरिसकेको छ। सभामा गत आवको वित्तीय विवरणहरू पारितका लागि पेश गरिनेछ भने चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश हुनेछ।
सभा प्रयोजनार्थ कम्पनीले पुस १२ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ। यसर्थ पुस ११ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन्।