प्रभु महालक्ष्मी लाइफ र भगवति हाइड्रोपावरको बोनस शेयर सूचीकृत, कुनको कति ?
१ पुष २०८१, सोमबार १५:४२
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । प्रभु महालक्ष्मी लाइफ इस्योरेन्स र भगवति हाइड्रोपावरको बोनस शेयर सूचीकृत भएको हो ।
प्रभु महालक्ष्मी लाइफ इस्योरेन्सको १० प्रतिशत बोनस बापत ४२ लाख ९६ हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । यस्तै, भगवति हाइड्रोपावर ४ प्रतिशत बोनस बापत २ लाख २८ हजार ८ सय २६ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।
सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएका छन् ।