एनएमबि बैंकले बोलायो साधारणसभा, अग्राधिकार शेयर जारी गर्ने
१ पुष २०८१, सोमबार १२:४४
काठमाडौं । एनएमबि बैंक लिमिटेडले २९औं वार्षिक साधारणसभा पुस २५ गते बोलाएको छ। बैंकको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो।
बैंकले लाभांश नबाड्ने निर्णय गरेको छ भने सभामा गत आवको वित्तीय विवरण पारितका लागि र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ।
यसका साथै प्रतिशेयर १०० रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ‘एनएमबि ८.२५% अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने, चुक्ता र अधिकृत पूँजी वृद्धि गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।
सभा प्रयोजनार्थ बैंकले पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ पुस ९ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन्।