राष्ट्रिय बीमा कम्पनीले बोलायो दोस्रो वार्षिक साधारणसभा

१ पुष २०८१, सोमबार १२:१८

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले दोस्रो वार्षिक साधारणसभा पुस २४ गते बुधबार बिहान ११ बजे बोलाएको छ। कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको शंखमूलस्थित अनमोल क्याटरिङ्ग सर्भिस प्रा.लि. मा सभा बोलाएको हो।

सभामा आर्थिक वर्ष (आव) ०७३/७४ र ०७४/७५ को वित्तीय विवरण छलफल गरी पारित गर्ने, सोही आवको लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक अनुमोदन गर्ने र सञ्चालकको बैठक भत्ता एवं सुविधा अनुमोदन गर्ने प्रस्ताव पेश गरिनेछ।

यसका साथै आव ०७५/७६ देखि ०७८/७९ सम्मको चारवटा आवका लागि नियुक्त लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक समर्थन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ।

सभा प्रयोजनार्थ कम्पनीले पुस १८ गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्ने निणर्य गरेको छ। यसको आधारमा पुस १७ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*