शिवम् सिमेन्टको लाभांश प्रस्ताव, साधारणसभा पनि आह्वान
१ पुष २०८१, सोमबार १०:०८
काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको ९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमध्ये ८.५५ प्रतिशत बोनस शेयर र ०.४५ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ। कम्पनीको हाल चुक्ता पूँजी ५ करोड २ लाख ७० हजार रुपैयाँ छ।
साथै सो बैठकले आगामी वार्षिक साधारणसभा पुस २९ गते सोमबार काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृह सिटी हलमा बिहान ९ बजे बस्ने निर्णय पनि गरेको छ।
लाभांश वितरण प्रयोजनार्थ पुस १७ गते एक दिन बुक क्लोज गर्ने निर्णय समेत गरेको छ। यसर्थ पुस १६ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।