ईङवा हाइड्रोपावरले बोलायो साधारणसभा

१ पुष २०८१, सोमबार ०८:४४

काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले पन्ध्रौं वार्षिक साधारणसभा पुस २४ गते बुधबार बोलाएको छ। कम्पनीको मंसिर ३० गते बसेको सञ्चालक समितिको बैठकले गौशालास्थित होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजे सभा बोलाएको हो।

कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन। सभामा गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारितका लागि पेश गरिनेछ भने चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी पारश्रमिक निर्धारण गरिनेछ। सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ।

सभा प्रयोजनार्थ कम्पनीले पुस १२ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ। यसको आधारमा पुस ११ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*