सानिमा माई हाइड्रोपावरले बोलायो साधारणसभा, लाभांश र मर्जर प्रस्ताव

१ पुष २०८१, सोमबार ०७:०३

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले तह्रौं वार्षिक साधारणसभा पुस २८ गते आइतबार बोलाएको छ। कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको सुकेधारास्थित सेलिव्रेशन हाईटमा बिहान ११ बजेदेखि सभा बोलाएको हो।

सभामा चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पेश हुनेछ।

यस्तै गत आवको वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकहरूको निर्वाचन गर्ने प्रस्ताव पेश गरिनेछ।

त्यसैगरी अन्य उपयुक्त कम्पनीसँग मर्जरका लागि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।

सभा प्रयोजनार्थ कम्पनीले पुस ९ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ। यसको आधारमा पुस ८ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*