न्यादी हाइड्रोपावरले बोलायो साधारणसभा

१ पुष २०८१, सोमबार ०६:२२

काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले सत्रौं वार्षिक साधारणसभा पुस २५ गते बिहीबार बोलाएको छ। कम्पनीको सञ्चालक समितिले काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो।

कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन। सभामा गत आवको वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुनेछ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको आधारमा पुस १६ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*