सानिमा, एनआइसी एशिया र नेपाल बैंकले घटाए पुष महिनाको लागि ब्याजदर, कुन खातामा कति दिदैछन ?

३० मंसिर २०८१, आईतवार १५:४९

काठमाडौँ । हाल सञ्चालनमा रहेका २० वाणिज्य बाणिज्य बैंकहरुमध्ये तीन वटाले मात्र ब्याजदर घटाएका छन् । सानिमा बैंक, एनआइसी एशिया र नेपाल बैंकले मंसिर महिनाको तुलनामा पुषमा लागुहने ब्याजर घटाएका हुन् ।

सानिमा बैंक लिमिटेडले मंसिर महिनाको तुलनामा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर सामान्य अंकले घटाएको छ । बैंकले पुष महिनाको लागि व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ०.१० प्रतिशतले घटाएर ६.०५ प्रतिशत लागु गर्ने भएको छ ।

त्यस्तै, एनआइसी एशिया बैंकले मंसिर महिनाको तुलनामा व्यक्तिगत मुद्दति निक्षेपमा ०.१९ प्रतिशतले ब्याजदर घटाएको छ । बैंकले पुष महिनाका लागि ६.६० प्रतिशत ब्याजदर लागु गर्ने भएको छ ।

साथै, सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडले पनि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ०.३५ प्रतिशतले ब्याजदर घटाएको छ । बैंकले पुष महिनामा ५.६९ प्रतिशतले ब्याजदर तोेकेको छ ,।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*