सडकका गाडि बिलासी वस्तु होइन, उधोगमैत्रि नीति आउनु आवश्यक छः राजनबाबु श्रेष्ठ
३० मंसिर २०८१, आईतवार १४:०६
काठमाडौँ । नाडा अटोमोवाईल्स एशोसिएसन अफ नेपालको (नाडा) का उपाध्यक्ष राजनबाबु श्रेष्ठले अटो क्षेत्रलाई सरकारले बिलासिको रुपमा हेर्नु दुःखत विषय रहेको बताएका छन् । आइतबार नाडाको ४८औं साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘अटोमोबाइलको विकास बिना समृद्ध सम्भव छैन । गाडि बिलासयको रुपमा हेर्दा भन्सारमा उच्च करको सामना गरिरहनु परेको छ । जुन दुखत विषय हो। सरकारको सहयोग आवश्यक रहेको छ ।’
अटोमा नेपालले ठुलो फड्को मारिसकेको हुँदा उधोगमैत्रि नीति ल्याएनु पर्ने उनले बताए । नीति सुधार भएको खण्डमा अर्थतन्त्रले सकारात्मक लय लिने उनको दाबि छ।
नीति सुधारका लागि सरकारले काम नगरे समस्या गम्भीर हुने बताए