गाडिमा ईभि नै भविष्य होइनः मन्त्रि दाहाल

३० मंसिर २०८१, आईतवार १३:५७

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रि देवेन्द्र दाहालले गाडिमा ईभि नै भविष्य नभएको बताएका छन्। नाडा अटोमोवाईल्स एशोसिएसन अफ नेपालको (नाडा) ४८औं साधारण सभामा बोल्दै यस्तो बताएका हुन्।

उनले ईभिनै गाडिको भविष्य नभएपनि सरकारले ईभिका लागि पूर्वाधार निर्माणमा काम गरिरहेको बताए। ‘ईभि ब्याट्रीको आगजनीको कुरा उठेको छ । छिट्टै बिग्रने कुरा समेत छ । यी समस्याले गाडिमा ईभि नै अबको भविष्य हो जस्तो लाग्दैन तर ग्लोबल समस्या भइरहेको हुँदा आत्तिनुपर्ने अवस्था छैन।’ पौडेल भने ।

व्यापार व्यावसाय मात्र होइन अटोले देशको ठुलो सेवा पनि गरेको पौडेल बताए । उनले भने, ‘गाडि आयात भन्दा पनि नेपालमा गाडि निर्माण गर्ने तरिकाले अघि बढ्नु पर्छ। सरकारको सहयोग हुनेछ । सरकारको काम नै व्यवसायलाई सहयोग गर्ने हो।’

रोड सुरक्षा सरकारको पहिलो प्राथमिकतामा परेको समेत उनले बताए । उनले दिगो र वातावरणीय योग्य काममा सरकारले काम गरिरहेको बताए ।

मौद्रिक नीति र वित्त नीति व्यवसायिमैत्रि नआएको मन्त्रि पौडेलले स्विकार गरेका छन् । ‘नीतिहरुमा विवाद हुदै आएको छ । यस्तो हुनु हुदैन। पहिला नै छलफल गर्नुपर्छ’ उनले भने, ‘अर्थतन्त्रलाई सकारात्मक लयमा फर्काउन भुमिका खेले रहेको छौ। नीति सुधारका लागि छलफल हुनुपर्ने र समन्वय हुनुपर्छ। हामि तपाईको साथमा छौं।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*